तिम्रो आँशु मैले देखें मेरो आँशु तिम्ले देख्यौ
जब मैले जान्छु भने तेहि आँशुले बाटो छेक्यौ
किन कुर्छेऊ नकुर भो ओझेल पर्यो घामको छायाँ
सम्झिदेऊ फुल्दाफुल्दै कतै झरयो हाम्रो माया
तिम्रो ख़ुशी तिमी संगै भए खुशी हुन्थें म त
तिम्रो पीडा बरु एतै रहे खुशी हुन्थें म त
तिम्रो माया मैले देखें मेरो माया तिम्ले देख्यौ
जब मैले जान्छु भने तेहि मायाले बाटो छेक्यौ
कतिखेर ढल्यो साँझ कतिखेर पर्यो रात
जति थाम्यो थामूँ लाग्ने नथाम भो मेरो हात
हेर्दा हेर्दै डराएर जून पनि लुक्ला फेरी
लजाएर तिम्रो आखाँ मेरो सामू झुक्ला फेरी
तिम्रो तिर्खा मैले देखें मेरो तिर्खा तिम्ले देख्यौ
जब मैले जान्छु भने तेहि तिर्खाले बाटो छेक्यौ
About Me

- Osho Krishna
- I am celebrating my life with OSHO Mediatation............And continuously trying to know myself...."Who am I?" I don't know whether I can know I or not........But I want to spread the message of truth and love.......In the heart of people....Don't ask the meaning of feeling........Love to be everyone prayer!!!!

Thursday, September 3, 2009
Subscribe to:
Posts (Atom)